नियम ५
नियुक्ति र पदोन्नति
५.१. अमल्दार दर्जाको प्याराचुट फोल्डर महिलाको नियुक्ति गर्दा जङ्गी अड्डा श्री कार्यरथी विभाग (भर्ना छनौट) ले नियम ३ को योग्यताको आधारमा छनौट गरी नियुक्ति गर्नेछ ।
५.२ उप–नियम ५.१. बमोजिम नियुक्ति भएको प्याराचुट फोल्डर महिलाले सैनिक आधारभूत तालीम र प्याराचुट फोल्डिङ आधारभूत तालीम उत्तीर्ण गरेको मितिबाट निजलाई प्राविधिक अमल्दार दर्जाको प्याराचुट फोल्डर महिलामा नियुक्ति गरिनेछ ।
५.३ प्याराचुट फोल्डर महिलाले आफू बहाल रहेको पदमा पाँच वर्षसम्म सन्तोषजनक
रूपमा सेवा गरी पदोन्नतिको लागि आवश्यक पर्ने तालीम पूरा गरेमा निज
पदोन्नतिको लागि योग्य हुनेछ ।